पूर्वराजा ज्ञानेन्द्र अचानक विराटनगरमा, भाटभटेनी सपिङमा बिताए एक घण्टा – Nepal Press

पूर्वराजा ज्ञानेन्द्र अचानक विराटनगरमा, भाटभटेनी सपिङमा बिताए एक घण्टा

केही दिनयता पूर्वी नेपालमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने क्रममा एक घण्टा बिताएका छन् ।

भाटभटेनी पुगेका शाहले किचनका सहित १ लाख रुपैयाँसम्मको सामान खरिद गरेको सुपरमार्केटकी शाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।

शाह भाटभटेनी प्रवेश गरेसँगै कर्मचारीले स्वागत गर्दै फोटो समेत खिचाएका थिए । उनले नेपाली वा भारतीय कहाँका ग्राहक आउँछन्, स्वदेशी उत्पादनको बजारको अवस्था कस्तो छ, उपभोक्ताको रुचि केमा देखिन्छ जस्ता जिज्ञासा सुपरमार्केटका कर्मचारीसँग राखेका थिए ।

प्रहरीका अनुसार झापाबाट फर्कँदा विराटनगर आइपुगेका शाह किनमेलपछि काठमाडौं फर्किएका छन्। पूर्वराजा ज्ञानेन्द्रको विराटनगरको भ्रमणबारे कुनै जानकारी नभएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर