प्रचण्डको आरोप- मोटो बनाएर काट्न केपी ओलीले पूर्वलडाकु खरीद गर्दैछन् (भिडियो) – Nepal Press

प्रचण्डको आरोप- मोटो बनाएर काट्न केपी ओलीले पूर्वलडाकु खरीद गर्दैछन् (भिडियो)

काठमाडौं । तत्कालीन माओवादी जनयुद्धका कमान्डर तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वलडाकुलाई मान्छे र हैसियत हेरेर केपी ओली पक्षले खरिद गर्न थालेको आरोप लगाएका छन् ।

बुधबार पूर्वलडाकुको भेलालाई सम्बोधन गर्दै उनले भने– तपाईंहरुले सय जना लिएर जानुभयो भने १० लाख २० लाख कति हो । २०० लिएर जानुभयो भने ३०/४० लाख, अझ धेरै लिएर जानुभयो ४ हजार नै उठाएर लानुभयो भने एक करोड दुई करोड यस्तो पो छ त अहिले त ।

अध्यक्ष प्रचण्डले आफूले केही दिन नसक्दा पनि पूर्व जनमुक्ति सेनाले आफ्नो साथ नछाडेकोमा आफैं छक्क परेको बताए ।

प्रचण्डको भनाइ जस्ताको तस्तै

योद्धाहरुलाई खरिद्ने, तपाईंहरुलाई खरिद्ने आठ–दश लाख, २० लाख दिएर हुन्छ भने अब कुन स्तरको तपाई कमान्डर हो, कति मान्छे लिएर तपाई आउन सक्नुहुन्छ त्यसमा कोटा हुन्छ । तपाईंहरुले सय सयजना लिएर जानुभयो भने १० लाख २० लाख कति हो । २०० सय लिएर जानुभयो भने ३०/४० लाख, अझ धेरै लिएर जानुभयो ४ हजार नै उठाएर लानुभयो भने १ करोड दुई करोड यस्तो पो छ त अहिले त ।

तपाईंहरुले हामीलाई माया गरेर गर्न थालेको ठान्नुभयो भने त यो त दुर्भाग्य हुन्छ । त्यस्तो होइन, तपाईं हामीलाई भेडाबाख्रा..यिनलाई खरिदबिक्री गरेर सिध्याउने हो । खरिद्ने किन ? तपाईंहरुलाई अलि मोटो बनाएर काट्ने अनि मासु खाने भनेर लाने हो । हिजो पनि हामीलाई पैसाको मूल्य तोकेकै थिए, अहिले पनि तोकेका छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्डको आरोप- मोटो बनाएर काट्न केपी ओलीले पूर्वलडाकु खरीद गर्दैछन् (भिडियो)

  1. चन्डालको चतुरे कुरा !!
    आफुले जे सोचेको छ, जे मनमा छ वा जे गरीआएको छ त्यही बोलियो, हैन त !!
    प्रधानमत्रिको कुरा चाँही नक्कली अनी राज्यलाई थगेर पैसा लिने, क्यन्तोन्मेन्टमा आएको पैसा आँफै राखेर घर खर्च गर्ने चाँही सक्कली !! यस्तो छली कुरा गरेर हिंड्नेलाई चिन्ने कहिले हो ?!

Leave a Reply to nagendra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर