कैलालीमा १६ वर्षपछि अभियुक्त पक्राउ – Nepal Press

कैलालीमा १६ वर्षपछि अभियुक्त पक्राउ

कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका १४ का ४२ वर्षीय डबल बहादुर पल्ली मगरलाई प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको हो ।

२०६१ सालमा धनगढी उपमहानगरपालिका १४ त्रिपन गाउँमा देउसी भैलो खेली रहेको अवस्थामा २९ वर्षीय जङ्ग बहादुर सिजापति लाई हत्या गरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मगरलाई घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको र अन्य फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *