कार्यकाल सकिन २ महिना बाँकी हुँदै अख्तियारका आयुक्त जोशीको राजीनामा – Nepal Press

कार्यकाल सकिन २ महिना बाँकी हुँदै अख्तियारका आयुक्त जोशीको राजीनामा

काठमाडौं । आफूभन्दा जुनियर व्यक्ति प्रमुख आयुक्त नियुक्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् ।

जोशीले प्रेमकुमार राई प्रमुख आयुक्तको पदभार ग्रहण गरेलगत्तै राजीनामा दिएका हुन् । जोशी सचिव हुँदा राई सहसचिव थिए । जोशीको कार्यकाल आगामी चैतसम्म छ ।

नेपाल प्रेससँग कुरा गर्दै जोशीले आफूले राजीनामा दिएको पुष्टि गरे ।

यसैबीच राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जोशीले आजकै मितिदेखि लागू हुने गरी लिखित राजीनामा दिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर