प्रचण्ड–माधव पक्षीय नेकपा नेताका दम्पतीसहित ६ जनाविरुद्ध अकुत सम्पत्तिको मुद्दा दर्ता – Nepal Press

प्रचण्ड–माधव पक्षीय नेकपा नेताका दम्पतीसहित ६ जनाविरुद्ध अकुत सम्पत्तिको मुद्दा दर्ता

दमकको सरकारी जग्गा हडपेर पुरी दम्पतिले मात्रै २४ करोड कमाएको निष्कर्ष

काठमाडौं । सरकारी जग्गा हडेपेर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रचण्ड–माधव नेतृत्वको नेकपाका नेता गगन पुरी सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दमक नगरपालिका वडा नम्बर १३ को सरकारी जग्गा हडपेर पुरी र उनकी पत्नी केशावतीले २४ करोड भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

विशेष अदालतमा रेवतराज पुरी भनिने गगन पुरी र उनकी पत्नी सहित आफन्त मनमाया पुरी,कृष्णकुमार पुरी,देवकुमार पुरी र संगीता पुरीकोविरुद्ध मुद्दा दर्ता भएको छ ।

पुरीमाथि दमककै बालुवाटार भन्ने स्थानको २४ विघाहा जग्गा हत्याएको अभियोगमा प्रहरीले एक वर्षअघि पक्राउ गरेको थियो । त्यसपछि उनीविरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मुद्दा चलेको हो ।

पूर्व प्रधानमन्त्री प्रचण्ड निकट मानिने पुरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर