काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली (भिडियो) – Nepal Press

काठमाडौंमा ओलीपक्षीय युवा र विद्यार्थीको मोटरसाइकल र्‍याली (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ माघ २१ गते १४:५५
२०७७ माघ २१ गते १४:५५

काठमाडौं । नेकपा ओली पक्षनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियूले नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ ।

शुक्रबार तय गरिएको जनसभाको तयारीका लागि मोटरसाइकल र्‍याली निकालिएको आयोजकले जनाएको छ । ललितपुरको बालकुमारी पुलबाट मध्यान्ह शुरू भएको मोटरसाइकल र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमल, दरबारमार्ग, नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेको थियो ।

वागमती प्रदेश कमिटीको आयोजनामा नेकपाको ओली पक्षले नारायणहिटी नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा जनसभाको तयारी गरेको छ ।