अग्रगमनको पक्षमा स्रष्टाले गरे संयुक्त आन्दोलनको घोषणा – Nepal Press

अग्रगमनको पक्षमा स्रष्टाले गरे संयुक्त आन्दोलनको घोषणा

काठमडौं । प्रतिनिधि सभा विघटनविरुद्ध अग्रगमनको पक्षमा ८६ जना स्रष्टाले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । माघ १७ गतेको स्रष्टा–भेलाले दुई वटा बेग्लाबेग्लै संयोजन र सचिवालय टीम निर्माण गरी छिट्टै आन्दोलनमा जाने विज्ञप्तिमार्फत् जनाइएको छ ।

आन्दोलनालाई ‘स्रष्टान्दोलन–२०७७’ को नाम दिइएको छ । ऐक्यवद्धता जनाउनेमा कवि, लेखक, थिएटर आर्टिस्टलगायतका स्रष्टाहरू छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते चालेको असंवैधानिक र प्रतिगमनकारी कदमपछि मुलुक थप राजनीतिक संकट र थप पश्चगमनको सिकार भएको छ ।

पटक–पटकका जनसंघर्ष तथा जनआन्दोलन २०६२/०६३ का कतिपय उपलब्धिसमेत खोस्न, सङ्कुचित पार्न र मुलुकलाई अझै निरङ्कुशतातिर लैजान चालिएको संसद् विघटन गर्ने प्रतिगमनकारी कदमको हामी घोर भत्र्सना गर्दछौं,’

विज्ञप्तिमा भनिएको छ, ‘आजको राजनीतिक प्रतिगमन एवम् राज्यको बढ्दो निरङ्कुश व्यवहारले सम्पूर्ण स्रष्टाहरुलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकताबद्ध हुन उत्प्रेरित गरेको छ ।’

ऐक्यवद्धता जनाउने स्रष्टाहरूमा अनुप बराल,  नारायण ढकाल, अञ्जान बाबु, अर्चना पन्थी, गीता कार्की,शकुन्तला जोशीलगायतका स्रष्टा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *