प्रयोगशालाबाट चोरी भएको जनावरको अखेटोपहार फेला – Nepal Press

प्रयोगशालाबाट चोरी भएको जनावरको अखेटोपहार फेला

कास्की । वन विज्ञान अध्यन संस्थान पोखराको प्रयोगशालाबाट चोरी भएको जंगली जनावरको विभिन्न अखेटोपहार बरामद भएको छ ।

पोखरा महानगरपालिका- १५ टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको ४ थान जंगली जनावर चितुवाको छाला, चितुवाको दाँतहरु, हाड अखेटाहरु, एकजोडी चितलको सिङ र अन्य हाड अखेटोपहार मंगलबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

उक्त प्रयोगशालाबाट माघ ९ गते राति जंगली जनावरको छाला तथा हाडहरु चोरी भएको थियो । घटनाको अनुसन्धान गर्न खटिएको स्थानीय प्रहरीले सोही महानगरपालिका -१५ बनपाले जंगलको घाटको पंधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जंगली जनावरको अखेटोपहार फेला पारी बरामद गरेको हो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर