नेकपा विभाजनको असर, उपराष्ट्रपतिद्वारा शपथग्रहण समारोह बहिष्कार – Nepal Press

नेकपा विभाजनको असर, उपराष्ट्रपतिद्वारा शपथग्रहण समारोह बहिष्कार

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संवैधानिक निकायका प्रमुख र सदस्यहरुको शपथग्रहण समारोह बहिष्कार गरेका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन सहभागी भएनन् । पुन पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका थिए । उनको निवासमा केही दिनअघि प्रचण्ड र बाबुराम भट्टराईबीच वार्ता भएको थियो ।

प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति शपथग्रहण समारोहमा सहभागी नभएको स्रोतले जनाएको छ ।

सभाभुख अग्नि सापकोटाले पनि शपथग्रहण समारोह बहिष्कार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर