नरेन्द्र मोदीका भाइ बने विश्व हिन्दू महासंघ भारतको अध्यक्ष – Nepal Press

नरेन्द्र मोदीका भाइ बने विश्व हिन्दू महासंघ भारतको अध्यक्ष

नेपाललाई पुनः हिन्दु राज्य बनाउन पहल गर्ने दावी

काठमाडौं । विश्व हिन्दू महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा प्रह्लाद दास दामोदर राव मोदी चयन भएका छन् । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सम्हाल्दै आएको अध्यक्ष पद अब मोदीले अन्तरिम अध्यक्षको रुपमा जिम्मेवारी पाएका छन् ।

योगी आदित्यनाथ विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत भएको र उनी अहिले उत्तरप्रदेशको मुख्यमन्त्री समेत भएकोले भारतमा महासंघको राष्ट्रिय समितिको जिम्मेवारी प्रह्लाद दास दामोदर राव मोदीलाई दिइएको हो ।

भारतमा प्रधानमन्त्री जनकल्याणकारी योजना प्रचारप्रसार अभियानका संयोजकसमेत रहेका मोदी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सहोदर भाइ हुन् ।

विश्व हिन्दू महासंघको भारतीय राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाएपछि नेपाललाई पुनः हिन्दू अधिराज्य कायम गराउन आफ्नो भूमिका रहने उनले बताएका छन् ।

विश्व हिन्दू महासंघको मुख्यालय काठमाडौंमा छ । विश्व हिन्दू महासंघको विश्वका ४५ देशमा शाखा छ । सनातन धर्म ॐकार परिवार (हिन्दू, बौद्ध, जैन, शिख, किराँत लगायत)को छाता संगठनको रूपमा क्रियाशील विश्व हिन्दू महासंघको भारत च्याप्टरमा प्रह्लाद मोदीको आगमनलाई भारतमा समेत अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया

One thought on “नरेन्द्र मोदीका भाइ बने विश्व हिन्दू महासंघ भारतको अध्यक्ष

  1. भारत च्याप्टर अध्यक्ष त सुरन्द्रनाथ योगि हुनुहुन्छ त !
    प्रह्लाद दास दामोदर मोदि जि लाई कस्ले नियुक्त गरेको रहेछ र ?
    उहाँको नियुक्ती अबैधानिक छ नि,
    यसैकारण नेपाल आउनुहुदा समेत उहाँ विश्वहिन्दु महासङ्घ को केन्दिय कार्यालयमा जानुभयन, अन्तरास्ट्रिय र राष्ट्रिय समिति नेपाल बाट पनि कुनै सम्मान र कार्यक्रम भयनन, खैर उहाँ राजनैतिक दलका कार्यक्रम र नेता भेट्ने क्रममा भने रहनुभयको देखियको थियो है !
    कुरो त्यो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर