रोनाल्डोको २ गोलमा युभेन्टसद्वारा इन्टर मिलानमाथि पुनरागमन जित – Nepal Press

रोनाल्डोको २ गोलमा युभेन्टसद्वारा इन्टर मिलानमाथि पुनरागमन जित

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले २ गोल गरेपछि कोपा इटालियाको सेमिफाइनल पहिलो लेगमा युभेन्टसले इन्टर मिलानमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।

अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले युभेन्टसका गोलरक्षक जिानलुइगी बुफोनलाई छक्याउँदै खेलको नवौं मिनेटमै इन्टरलाई अग्रता दिलाएका थिए । बुफोनको यो सिनियर करिअरमा ११ सयौं खेल थियो ।

तर २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरी खेल बराबरीमा ल्याए । इन्टरका एस्ले योङले जुहान कार्डाडोलाई फल गरेपछि पाएको पेनाल्टीलाई उनले सदुयोग गरेका हुन् ।

३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो र टिमका लागि विजयी गोल गरेका हुन् । इन्टरको रक्षात्मक कमजोरीको फाइदा रोनाल्डोले उठाएका थिए ।

खेल अवधिभर एक अर्काले गोल गर्ने प्रयास गरिरहे । दुवैले खराव मनोबृत्ति प्रदर्शन गरेका थिए । खेलमा ९ पहेलो कार्डको प्रयोग भएको थियो । तीमध्ये युभेन्टसका खेलाडीले मात्र ६ वटा पाएका थिए । युभेन्टसले सिरी ए अन्तर्गत अघिल्लो महिना व्यहोरेको २–० को हारको बदला पनि लिएको छ ।

कोपा इटालिया उपाधि युभेन्टसले १३ पल्ट जितेको छ । फाइनल प्रवेशका लागि निर्णायक मानिने दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा अर्को साता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *