कृषि व्यवसायीलाई समस्यामा पारेर विदेशी लगानी भित्र्याउँदैनौ : मन्त्री अर्याल – Nepal Press

कृषि व्यवसायीलाई समस्यामा पारेर विदेशी लगानी भित्र्याउँदैनौ : मन्त्री अर्याल

काठमाडौं । नेपाली कृषकले लगानी गर्न सक्ने कृषि क्षेत्रमा विदेशीलाई लगानी गर्न नदिने कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार आयोजना गरेको ‘नेपालमा व्यवसायिक विकास सम्भावना तथा चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भनिन् ‘नेपाली व्यवसायीलाई समस्यामा पारेर विदेशी लगानी भित्र्याउँदैनौ ।’ ‘नेपाली व्यवसायीले गर्न सक्ने कृषि क्षेत्रमा सरकारले विदेशी लगानी भित्र्याउँदैन ।’

नेपाल आधुनिक कृषिको विकल्प नरहेको भन्दै मन्त्री अर्यालले भूमि बैंक मा र्फत व्यवसायिक कृषि उत्पादन शुरु गर्नुपर्ने बताइन् ।
कृषिमा विदेशी लगानी खुला गर्न उद्योग मन्त्रालयले प्रस्ताव मन्त्रिरिषद्मा पठाएकाले मन्त्रीपरिषद्बाट निर्णय भएको अर्यालको भनाइ छ ।

कृषि मन्त्रालयले प्रस्ताव नलगेको भएपनि सरकारले लगानी भित्र्याउने निर्णय गरिसकेका कारण सो कार्यन्वयन हुने उनले जानकारी दिइन् ।

अब नेपाली कृषि स–साना टुक्रा जग्गामा भन्दा पनि व्यवसायिक तरिकाले गर्नु पर्ने उनको भनाइ थियो ।

व्यवसायिक कृषिका लागि सरकारले भूमि बैंक मार्फत आवश्यक परेको जग्गा उपलब्ध गराउने मन्त्री अर्यालले बताइन् ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषिमा विदेशबाट आएका युवालाई आकर्षण गर्ने योजनाका साथ अगाडी बढ्नु पर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर