शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन (भिडियो) – Nepal Press

शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ माघ २० गते १९:२७
२०७७ माघ २० गते १९:२७

दुई शहीद गंगालाल र दशरथचन्दलाई सम्झँदै नागरिक समाजले सोमबार शोभाभगवतीमा प्रदर्शन गरेको छ । आजभन्दा ८० वर्षअघि दुई शहीदले राणाशासनविरुद्ध छातीमा गोली थापेर शोभाभगवतीमा सहादत प्राप्त गरेका थिए । त्यस क्षणको दृश्यलाई उतार्दै शिल्पी थिएटरका कलाकारले नाटक प्रदर्शन गरेका थिए ।
सरकारको प्रतिगमनविरुद्ध खबरदारी गर्दै प्रदीप देवानले जनवादी गीत गाएका थिए । त्यसैगरी उर्मिला गम्वा थारुले थारु भाषाको कविता, अरुणदेव जोशीले डोटेली भाषाको कविता, दुर्गालाल श्रेष्ठले नेपाल भाषाको कविता वाचन गरेका थिए भने सुजन आङदेम्बेले लिम्बू भाषाकाे गीत गाएका थिए ।
कार्यक्रममा नरेश ताम्राकार, गोविन्द छन्त्याल, कैलाश राई र हिमांशुले प्रतिगमनविरुद्ध बोलेका थिए ।