राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन – Nepal Press

राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन

विजय गजमेर २०७७ माघ २० गते १७:३५
२०७७ माघ २० गते १७:३५

विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ बाट धरासायी बनेको पर्यटन क्षेत्रको समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराउँदै पर्यटन व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

पर्यटन क्षेत्रका व्यवसायीले काठमाडौं नक्सालस्थिति भाटभटेनी अगाडि प्रदर्शन गरेका छन् । लकडाउनका कारण व्यापार ठप्प भएको समयमा बैंकहरूले समेत केही सहुलियत नदिई उल्टै जरिवाना लिएकोमा उनीहरूको आपत्ति छ ।