उत्तर कोरियाली राजदूतले भेटे प्रधानसेनापति – Nepal Press

उत्तर कोरियाली राजदूतले भेटे प्रधानसेनापति

काठमाडौं । उत्तर कोरियाली राजदूत पार्क चोङ-सकले प्रधानसेनापति पूर्णचन्द्र थापालाई मंगलबार भेट गर्दै दुई देशको सम्बन्धलाई बलियो बनाउनुपर्ने बारे छलफल गरेका छन् ।

राजदूत सकले सन् २०२० मा अन्नपूर्ण संरक्षण क्षेत्रमा भएको हिमपहिरो दुर्घटनामा उत्तर कोरियाली पर्यटकको उद्दारमा सेनाले गरेको योगदानको प्रशंसा समेत गरे ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानसेनापति थापासँग भेट गरेको केही दिनपछि उत्तर कोरियाली दूतले पनि भेटेका हुन् । अमेरिकी राजदूतले बाइडेन प्रशासनको प्राथमिकताको सन्देश दिन भेटेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर