संवैधानिक परिषद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित – Nepal Press

संवैधानिक परिषद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ । बैठक स्थगनको सूचना संवैधानिक परिषद्का सदस्यहरुलाई पठाइएको छ ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा हाल परिषद् सदस्यको हैसियतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर