सोलार र आधुनिक चुल्हो दिन्छु भनेर रकम असुल्ने ४ जना पक्राउ – Nepal Press

सोलार र आधुनिक चुल्हो दिन्छु भनेर रकम असुल्ने ४ जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जाजरकोटले विजुली नपुगेको क्षेत्रका जनतालाई सोलार सेट र आधुनिक चुल्हो दिने भन्दै रकम असुल्ने ४ जनालाई ४ लाख नगदसहित पक्राउ गरेको छ ।

जिल्लाका विकट पालिकाहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडामा नागरिकबाट रकम संकलन गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–९ घर भइ नेपालगञ्ज बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी, चन्दनाथ नगरपालिक–९ श्रीढुस्काका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट गाउँपालिका–१ रामिडाँडाका ४० वर्षीय हरिचन्द्र बस्नेत र ३३ बर्षीय मानबहादुर महतारा रहेका छन् ।

उनीहरुले ७ हजार थान सौर्य उर्जा (सोलार सेट) र सुधारिएको फलामे चुलो वितरण गर्ने भन्दै नागरिकबाट रकम असुल्दै आएको डीएसपी थापाले जानकारी दिए ।

उनका अनुसार पक्राउ गरिएकाहरुबाट संकलन गरेको नगद ४ लाख ४० हजार ४ सय ४५ रुपैयाँ, ‘ग्रामीण विकास तथा क्लीन इन्भारोमेन्ट’ नेपाल लेखिएको लेटरप्याड, ‘अमन इन्ट्रेरियर एण्ड डेकरेशन विजनेश ग्रुप’ लेखिएको खाली लेटर प्याड, छाप, रकम संकलन गरेको रजिष्टर, रकम बुझाएको ठेलीको अर्धकट्टी, ६ वटा नेपाली नागरिकताको प्रमाणपत्र, ३ वटा मतदाता परिचयपत्र, कृषि विकास बैंक लिमिटेडको चेक बुक लगायतका कागजात बरामद भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *