प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक, सभामुख सापकोटा नजाने – Nepal Press

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक, सभामुख सापकोटा नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद बैठक बोलाएका छन् । भाेलि बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले यसअघि विभिन्न आयोगमा नियुक्ति सिफारिस भएका कतिपयले अश्वीकार गरेकाले ती ठाउँमा नयाँ व्यक्तिको नाम सिफारिस गर्ने लगायतका एजेण्डाहरु रहेको स्रोतले जनाएको छ ।

सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाईका लागि पठाइएका सिफारिसको निर्णयको सक्कल प्रति फिर्ता गर्दै नियुक्ति प्रक्रियामै प्रश्न उठाए लगत्तै परिषद बैठक बस्न लागेको हो । अदालतमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र नियुक्ति सिफारिस बदरको माग गर्दै परेका रिटमाथि सुनुवाई भएको छैन ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा विपक्षी दलको नेता शेरवहादुर देउवाको हैसियत संवैधानिक रुपमा कायम नरहेकाले संवैधानिक परिषद बैठकमा सहभागी हुने छैनन् । सभामुख अग्नि सापकोटाको सहभागिता निश्चित नभएको स्रोतले जनाएको छ ।

यसअघि दुईवटा वैठक बहिस्कार गरेका सापकोटा भाेलिको बैठकमा पनि जाने सम्भावना नरहेको उनी निकट स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर