बजार खुलेसँगै दोहोरो अंकले बढेको नेप्से ७ अंकले घट्यो – Nepal Press

बजार खुलेसँगै दोहोरो अंकले बढेको नेप्से ७ अंकले घट्यो

काठमाडौं । आज भएको कारोबारमा नेप्से परिसूचक ६.८१ अंकले घटेको छ । बजार खुलेदेखिनै बढेको नेप्से परिसूचक २५०० विन्दुमाथि पुगेको थियो । बजार खुलेको १० मिनेटमा नै नेप्से ४१ अंकले बढेको थियो ।

२०१५.०४ विन्दुमा पुगेको नेप्से पुनः करेक्सन हुँदै २४६६.९२ विन्दुमा रोकिएको छ । आज सबैभन्दा बढी कारोबार ग्लोबलआईएममी बैंकको रहेको छ ।

बैंकको ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी पुर्नबीमा कम्पनीको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी अरुण काबेलीको शेयर कारोबार ३० करोड रुपैयाँ बराबरको भएको छ ।

नेपाल टेलिकमको शेयर कारोबार ३० करोड रुपैयाँबराबरको भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर