मिटरब्याजी ‘मन्टु’ भनिने सञ्जयप्रसाद रौनियार जेल चलान – Nepal Press

मिटरब्याजी ‘मन्टु’ भनिने सञ्जयप्रसाद रौनियार जेल चलान

विराटनगर । कुख्यिात मिटरब्याजी विराटनगर-९ घोघापुलचौकका ४५ वर्षिय मन्टु भनिने सञ्जयप्रसाद रौनियार पूर्पक्षको लागि जेल चलान भएका छन्।

मोरङ अदालतका न्यायाधीश ईश्वर पराजुलीको इजालशले सोमबार मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका छ । अदालतको आदेशपछि मन्टु पुर्पक्षको लागि विराटनगर कारागार चलान भएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

अवैध मानिएको मिटरब्याजमा लगानी गरि मन्टुले मोरङका १७ जना सर्वसाधरणबाट करडौं रुपैयाँ असुली गरेपछि उनी विरूद्ध ‘ठगी’ र अपराधिक लाभ लिएकोमा मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो ।

छुटाछुट्टै जाहेरी परेकोले मन्टु विरूद्ध मोरङ अदालतमा १७ थान मुद्दा १२ माघमा दर्ता भएको थियो । बादी र प्रतिवादीका कानुन व्यवसायीहरूले पैरवी गरेपछि न्यायाधीश पराजुलीले १३ थान मुद्दामा पुर्पक्षको लागि थुनामा र ४ थान मुद्दामा धरौटी तोकिएको स्रेस्तेदार दाहालले जानकारी दिए ।

चार थान मुद्दामा ५ लाख ८० हजार रुपैयाँ धरौटि अदालतले तोकेको छ । जाहेरवाला ममतादेवी मण्डल वादी भएको मुद्दामा २० हजार, जाहेरवाला मो. सरिद मियाँ बादी भएको मुद्दामा २ लाख, वादी राजेन्द्र चौधरी भएको मुद्दामा ४० हजार, जहेरवाला देवी खातुन वादी भएको मुद्दामा ३ लाख २० हजार रुपैयाँ धरौटि बुझाउन अदालतले आदेश गरेको हो ।

२९ मंसिरमा मोरङ प्रहरीले मन्टुलाई विराटनगरस्थित घोघापुलचौकदेखि पक्राउ गरि अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

मन्टुले १७ जना सर्वसाधरणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको खुलेको छ । मिटरब्याजमा ऋण दिएको भन्दा पाँच गुणा बढी रकम असुली गरिसक्दा पनि उनीहरूबाट अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ १७ जना पीडितहरूसँग माग गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर