किसान आन्दोलन सम्बन्धित अकाउन्ट ब्लक गरेसँगै ट्वीटर विवादमा – Nepal Press

किसान आन्दोलन सम्बन्धित अकाउन्ट ब्लक गरेसँगै ट्वीटर विवादमा

काठमाडौं । भारतमा किसान एकता मोर्चा र त्यससँग सम्बन्धित अकाउन्टहरूलाई भारतमा ब्लक गरेसँगै माइक्रो ब्लगिङ वेबसाइट ट्वीटर फेरि विवादमा परेको छ ।

भारतीय सरकारले ती अकाउन्ट बन्द गर्नका लागि कानुनी नोटिस पठाएको थियो । त्यसकै आधारमा उक्त अकाउन्टहरू बन्द भएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

ट्वीटरले किसान एकता मोर्चा, द कारवा इंडिया, माणिक गोयल, ट्रेक्टर २ वाइट र जट जंक्सन बन्द गरेको छ । ट्वीटरलाई किसान संगठन, कार्यकर्ता र सम्बन्धिन मिडिया संगठनका अकाउन्ट ब्लक गर्नका लागि सूचना पठाइएको अनुमान गरिएको छ ।

सरकारी अधिकारीहरूले बताएअनुसार ट्वीटरलाई २५० अकाउन्ट र ट्वीट्स ब्लक गर्नका लागि सन्देश पठाइएको थियो । किसान आन्दोलनसँग सम्बन्धित ट्वीट गरिने गरेका अकाउन्टहरू बन्द गर्न ट्वीटरसँग आह्वान गरिएको बताइएको छ ।

ट्वीटरले यस विषयमा एक विज्ञप्ति जारी गर्दै देशको कानुन लागू हुने बताएको छ । ‘धेरै देशमा भएका कानुनहरू ट्वीट्स वा ट्वीटर अकाउन्टमा लागू हुन सक्छन् । ट्वीटर आफ्नो सेवा सबै ठाउँका मानिसलाई उपलब्ध गराउन प्रयासरत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि अकाउन्टहरूमाथि कुनै पनि आधिकारिक संस्थाबाट भ्यालिड आह्वान आयो भने कुनै निश्चित देशमा केही कन्टेन्टमा रोक लगाउन सकिन्छ ।’

ट्वीटरले ब्लक गर्नका लागि एक पोलिसी भएको बताउँदै सम्बन्धित अकाउन्ट होल्डरलाई खबर गर्दा पनि नमाने बन्द गरिने जानकारी दिएको छ । तर, अदालत वा सरकारी संस्थाबाट आधिकारिक आह्वान भएको खण्डमा उनीहरूलाई खबर नगरी बन्द गर्नसकिने व्यवस्था रहेको पनि ट्वीटरले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर