म्यानमारको सैन्य कु अनुपयुक्त : नारायणकाजी श्रेष्ठ – Nepal Press

म्यानमारको सैन्य कु अनुपयुक्त : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) ले म्यानमारमा सेनाले गरेको कु अनुपयुक्त भएको प्रतिक्रिया दिएको छ।

सोमबार चौथो केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाक्रमको विकासलाई पार्टीले गम्भिरतापूर्वक नियाल्ने बताए ।

‘हिजो मात्रै म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध लोकतन्त्रका विरुद्ध जुन घटना घटेको छ त्यो घटनालाई हाम्रो पार्टीले अनुपयुक्त भन्दै निन्दा गरेको छ,’ श्रेष्ठले भने, ‘थप घटनाक्रमको विकासलाई पार्टीले गम्भिरतापूर्वक नियाल्ने छ र पार्टी सँधै लोकतन्त्रको पक्षमा छ र त्यस प्रति हाम्रो नैतिक समर्थन रहेको छ।’

चुनावमा अनियमितता भएको कारण देखाउँदै म्यानमारको सेनाले सोमबार प्रजातन्त्रवादी नेतृ आङसाङ सू ची लगयातलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर