प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (भिडियो) – Nepal Press

प्रचण्ड–नेपाल समर्थित विद्यार्थीको प्रदर्शनमा लाठीचार्ज (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ माघ १९ गते १७:२७
२०७७ माघ १९ गते १७:२७

काठमाडौं । संसद विघटनको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समर्थित अनेरास्ववियूले गरेको प्रदर्शन रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
दिउसो साढे दुई बजे भएको प्रदर्शनमा करिब ३०–५ जना विद्यार्थी सहभागी थिए । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध नारावाजी गरे । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन नगर्न आग्रह गरे पनि विद्यार्थी पछि हट्न मानेनन् । उनीहरुलाई त्यहाँबाट हटाउन प्रहरीले केहीबेर लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट अनेरास्ववियूका एक कार्यकर्ता घाइते भएका छन् ।
घाइते कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर लगेको छ । उनलाई तीनकुनेमा रहेका प्रहरी चौकीमा लगिएको थियो ।