चुनावको लागि सबै दल आतुर,विरोधको नाटक मात्रः मन्त्री ढकाल – Nepal Press

चुनावको लागि सबै दल आतुर,विरोधको नाटक मात्रः मन्त्री ढकाल

विराटनगर । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्वाचनको विरोध गर्ने दलहरु नै जनतामा जाने चाहानाकासाथ चुनावको तयारीमा जुटेको दाबी गरेका छन् ।

विराटनगर विमानसस्थलमा सोमबार स्थानीय संञ्चाकर्मीहरुसंगको कुराकानीमा मन्त्री ढकालले प्रचण्ड–माधव पक्षप्रति लक्षित गदै भने,‘कतिपय राजनितिक पार्टीहरु राजनितिक पार्टीको आवरणमा चुनावको विरोध गरिरहेका छन्। तर तिनै पार्टीहरु निर्वाचनको विरोध गरेपनि जनतामा जाने विभिन्न अभियानका साथ अघी बढेका छन्।अब कसैमा चुनाव नहुने भन्नेमा दुविधा छैन ।’

उनले सरकारले तोकेको समयमा नै आगामी बैशाख १७ र २७ गते आम निर्वाचन हुने र त्यसको तयारीका लागि सबै अंग सो दिशामा परिचालित भईसकेकोपनि दाबी गरे ।

अर्को एक प्रसंगमा मन्त्री ढकालले सभामुखले पठाएको पत्रले संवैधानिक परिषदको निर्णयले संबैधानिक नियुक्तिहरु नरोकिनेपनि बताए ।

संवैधानिक अंगमा नियुक्तिका लागि ४५ दिन भित्र सुनुवाई हुनेपर्ने ब्यवस्था रहेको भन्दै मन्त्री ढकालले सो समयमा सुनवाई नभएको खण्डमा स्वय नियुक्ति प्रकृया अगाडी बढने दाबी गरे ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त विशेष समिति अन्तर्गतको विषयमा आफ्नो कार्यक्षेत्र र अधिकार विपरित पत्र पठाएको भन्दै मन्त्री ढकालले सभामुखले निजी लेटर प्याडमा पत्र पठाउनु गलत भएको टिप्पणी गरे ।

मन्त्री ढकालले विगतको निर्णय अनुसार नै पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय अनुसार नै पशुपतिनाथमा सुनको जलहरी लगाउन लागिएको जानकारी दिए।

उनले चाँदीको जलपमा धुँजाहरु हुन लागेको र पशुपतिनाथको सुरक्षा र समृद्ध गर्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषको निर्णय अनुसार नै सुनको जलहरी लगाउन सरकारले ३० करोड रुपैया उपलब्ध गराउन लागेको जानकारी पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर