प्रधानमन्त्री ओलीले भने -काम गर्न नदिनेहरू साइड लागे, पार्टी शुद्धीकरण भयो – Nepal Press

प्रधानमन्त्री ओलीले भने -काम गर्न नदिनेहरू साइड लागे, पार्टी शुद्धीकरण भयो

मांसाहारी भनेको चिकेन चिल्ली खान खोज्या हो ?

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिएर अस्थिरता ल्याउन खोजिएपछि संसद विघटन गरेको बताएका छन् ।

शहीद स्वर्गीय हेमनारायण यादवको स्मृति दिवसलाई सिरहामा सम्बोधन गर्दै ओलीले भने, ‘काम गर्न नदिनेहरू साइड लागे । पार्टी शुद्धीकरण भयो ।’

उनीहरूले बिगार्ने र भत्काउने काममात्र गरे । हामी देश बनाउने दिशामा अगाडि बढेका छौं । हिमाल, पहाड, तराई सबै ठाउँमा एकनासले विकास हुन्छ ।

संसद विघटन संवैधानिक भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘चुनाव हुन्छ, समयमै हुन्छ । निर्वाचन आयोग र अदालतलाई धम्क्याउने काम भइरहेको छ । तर, ढुक्क हुनुस् संसद पुन:स्थापना हुँदैन । चुनावमा अस्थिरता ल्याउनेलाई तह लगाउनुपर्‍यो तपाईंहरूले ।’

प्रचण्ड-माधव पक्षको आन्दोलनप्रति लक्षित गर्दै ओलीले अब आन्दोलनमा कोही नअलमलिने बताए । उनले भने, ‘अस्ति प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेछन् । चिकेन चिल्ली खान खोज्या हो ?’ अब नरभक्षी आन्दोलन गर्ने अवस्था छैन, गर्न पनि दिंदैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर