म्यानमारको सेनाविरुद्ध काठमाडौंमा प्रदर्शन, ‘कु’ फिर्ता लिन चेतावनी – Nepal Press
म्यानमारको सेनाविरुद्ध काठमाडौंमा प्रदर्शन, ‘कु’ फिर्ता लिन चेतावनी
विजय गजमेर २०७७ माघ १९ गते १६:५८
२०७७ माघ १९ गते १६:५८

काठमाडौं । म्यानमारमा भएको सैनिक ‘कु’को विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

नागरिक आन्दोलनको नाममा माइतीघरमा गरिएको विरोध प्रदर्शनमा ‘कु’ फिर्ता लिन म्यानमारको सेनालाई चेतावनी दिइएको थियो ।

नागरिक आन्दोलनमा लेखक तथा पत्रकार नारायण वाग्ले, लेखक सञ्जिव उप्रेती, अर्चना थापा, उज्वल प्रसाई, युग पाठकलगायत सहभागी थिए । प्रदर्शनका सहभागीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्लेकार्डमा ‘सैन्य कु मुर्दावाद’, ‘नागरिक सर्वोच्चता कायम गर’, ‘हामी म्यानमारका जनताको साथमा छौं’ जस्ता नारा लेखिएका थिए ।