सु चीलाई तत्काल रिहा गर्न म्यानमार सेनासँग देउवाको आग्रह – Nepal Press

सु चीलाई तत्काल रिहा गर्न म्यानमार सेनासँग देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सु चीलाई रिहा गर्न अनुरोध गरेका छन् ।

देउवाले सोमबार ट्वीट गर्दै सू चीलाई गिरफ्तार गरिएकोप्रति टिप्पणी गर्दै तत्काल रिहा गर्न माग गरेका हुन् । ‘नेपाली कांग्रेस म्यानमारको सैनिकलाई आङ सान सु चीलाई तुरुन्त रिहा गर्न र निर्वाचित सरकारको पुनःबहाली गर्न आग्रह गर्दछ’, देउवाले लेखेका छन् ।

नेतृ आङ सान सु चीलगायत उच्च पदस्थलाई गिरफ्तार गर्दै म्यानमारमा सेनाले सत्ता कब्जा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *