झाँक्रीलाई राष्ट्रपतिकी छोरीको प्रश्न : मेरी आमाको रातो सारी फिर्ता ल्याइदिन सक्नुहुन्छ ? – Nepal Press

झाँक्रीलाई राष्ट्रपतिकी छोरीको प्रश्न : मेरी आमाको रातो सारी फिर्ता ल्याइदिन सक्नुहुन्छ ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर दु:ख व्यक्त गरेकी छन् ।

फेसबुकमा मार्मिक स्टाटस लेख्दै उनले भनेकी छन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाहरूले यो छोरीको प्रश्न सुनाइदिनू ।’ झाँक्रीले एउटा भाषणमा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन् । साथै उनले विधवा बनेपछि भण्डारीले सेतो सारी लगाएको विषयमा पनि टिप्पणी गरेकी थिइन् ।

उषाकिरणले झाँक्रीलाई आफ्नो आमाको रातो सारी र आफूहरुको बाल्यकाल फिर्ता ल्याइदिन र आफूहरुले भोग गरेको चिज लैजान चुनौती दिएकी छन् । ‘तपाईं उहाँको सिन्दूर-पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो के नाफा भएको छ जस्तो लाग्छ, लिएर जानुस् ।’ बुवाको मृत्युपछिको पीडा सहन आमाले गरेको संघर्षको झलक पनि उनले प्रस्तुत गरेकी छन् ।

उषाकिरण लेख्छिन्, ‘तपाईं कम्युनिष्ट स्कुलिङको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नुपर्ने । मेरी आमा एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो । तपाईं सेतो सारीको कुरा गर्नुहुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा, सेतै भित्ता थिए । उहाँले बाबालाई मनपर्ने खाना र अचार बनाउन छोड्नुभयो । उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौं । तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’

 

यो पनि पढ्नुहोस् : १. राष्ट्रपतिमाथि ‘अमर्यादित’ टिप्पणीले रामकुमारी झाँक्री विवादमा

 


प्रतिक्रिया

One thought on “झाँक्रीलाई राष्ट्रपतिकी छोरीको प्रश्न : मेरी आमाको रातो सारी फिर्ता ल्याइदिन सक्नुहुन्छ ?

  1. मदन पुत्री भएकैले विशेष माया उषा नानी
    रामकुझाले खुुला बोले नि देशभर घरघरमा गरिरहेका गाली किन ?
    किनभने राष्ट्रपति राष्ट्रको हो तर उहाँ एक ब्यक्तिको खेेलौनाा बनेर संविधानलाई पोछा बनाइदिनु भोो । भोलि पियम हुने उमेरमा कसैको दिर्घकालिन स्वार्थका लागि किन जानू भो राष्ट्रपति खान ?
    पार्टी त्याग्नु पर्ने ले एक गुटका लागि पार्टी संचालक किन बन्नु भो ? सार्बभौम देशको राष्ट्रपति बनाउन बिगार्न किन चिनलाई मालिक बनाउनु भोो ? अनि गाली नखाएर के ताली खाइएला त ?
    केपी बा भन्दा ठुलो राष्ट्र हुनु पर्ने हो

Leave a Reply to Rajendra thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर