कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट – Nepal Press

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ ।

कोरोनाभाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

कोरोना महामारीका कारण गत वैशाखमा निर्धारित परीक्षा मंसिर ९ बाट शुरू भएको थियो । यसवर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिइएको थियो ।

कक्षा ११ को थप ४० प्रतिशत र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २ सय ७१ जना सहभागी थिए ।

कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै ११ हजार ४९० जनाको परीक्षा भएको थियो । रिजल्ट राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, टेलिकमकै आईभीआर सेवा १६०१ डायल गर्नुका साथै १६०० मा एसएमएस गरेर हेर्न सकिने बोर्डले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *