प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता, भोलिको लागि पेसी तोकियो – Nepal Press

प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता, भोलिको लागि पेसी तोकियो

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समिर बलामीले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले वलामीको निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकेको छ । प्रचण्डले पटक-पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदको दाबी छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व सभामुख दमनाथा ढुंगाना र चार पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा,मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

प्रचण्डले शुक्रवार विराटनगरको आमसभाबाट भनेका थिए- ‘सारा देशले सुने हुन्छ सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालतनै ठूलो हो ।’

शुक्रबार विराटनगरको विरोधसभामा प्रचण्डले यस्तो बोलेका थिए :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर