प्रधानमन्त्रीले आज ढल्केबरमा ४०० केभी प्रसारण लाइनको उद्घाटन गर्ने – Nepal Press

प्रधानमन्त्रीले आज ढल्केबरमा ४०० केभी प्रसारण लाइनको उद्घाटन गर्ने

सिरहा क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिरहा आउने भएका छन् । धनुषाको ढल्केवरमा विद्युत सव–स्टेशन उद्घाटन र सिरहामा स्वर्गीय हेमनारायण यादवको स्मृति दिवस मनाउन प्रधानमन्त्री तराई आउन लागेका हुन् ।

ढल्केवरमा चार सय केभीए क्षमताको विद्युत सव स्टेशन निर्माण पूरा भइसकेको छ । आज विहान ११ बजे उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटनका लागि प्रधानमन्त्रीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी पनि हेलिकप्टरबाट आउने बताइएको छ ।

यस्तै सिरहा सदरमुकाममा कम्युनिस्ट नेता स्वर्गीय हेमनारायण यादवको १७ औं स्मृति दिवस मनाइँदैछ । पूर्व सांसद यादवको हत्याको १७ वर्ष वित्दा धेरैपल्ट कम्युनिस्ट सरकार बने पनि हत्यारालाई कानूनी दायरामा ल्याउन सकिएको छैन ।

हत्यारालाई कारबाही नभएको भन्दै उनका छोरा डा नवीनले पटक-पटक कम्युनिस्ट पार्टी परित्याग गरे । तर पछिल्लो समय नेकपा ओली समूहमा लागेका छन् ।

यादवको स्मृति दिवसको अवसरमा नेकपाले सिरहा क्याम्पस परिसरमा सभाको आयोजना गरेको छ । सभामा प्रधानमन्त्री ओली, उर्जामन्त्री रायमाझी, मन्त्रीहरु लीलानाथ श्रेष्ठ, प्रभु साह र जुली महतो समेत सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर