लुम्बिनी प्रदेश समन्वय परिषद्को चौथो बैठक शुरु – Nepal Press

लुम्बिनी प्रदेश समन्वय परिषद्को चौथो बैठक शुरु

रुपन्देही । लुम्बिनी प्रदेश समन्वय परिषदको चौथो बैठक रुपन्देहीमा शुरु भएको छ । बैठकमा प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख तथा प्रदेश समन्वय परिषद्मा आवद्ध पालिकाका प्रमुखहरुको सहभागिता छ ।

परिषदमा प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय तहमा आएको राजनैतिक उतारचढावले विकासको कामलाई प्रभावित नहुने बताएका छन् ।

आइतबार रुपन्देहीमा आयोजित प्रदेश समन्वय परिषद्को चौथो बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय र प्रदेश तहको नेतृत्व व्यक्तिगत र गुटगत स्वार्थका लागि केन्द्रको नेतृत्व तहमा उत्पन्न विवाद र आलोचनाहरुको पछि लाग्न नहुने बताए ।

मुख्यमन्त्री पोखरेलले राष्ट्रिय राजनितिमा चलिरहेको बहसलाई नबुझी प्रदेश तथा स्थानीय तहमा धारणा बनाइनु र केन्द्रमा देखिएको विवादमा तरंगित हुने प्रवृती गलत भएको बताएका हुन् ।

राजनैतिक स्थायित्वका लागि स्थानीय र प्रदेश तहबाट केन्द्रलाई फरक खालको सन्देस दिनुपर्ने आवश्यकता औंल्याउंदै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको विकास निर्माणमा केन्द्रको विवादको कुनै प्रभाव पर्न नदिने र विकास निर्माणको काममा एक भएर लाग्नुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले प्रतिनिधिसभा र नेकपा विवाद सर्वोच्च अदालत र निर्वाचन आयोगमा पुगिसकेकोले त्यसको निरुपणका लागि पनि संवैधानिक अंगप्रति भरोसा गर्नुपर्ने बताए ।

बैठक भोलिसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *