मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते – Nepal Press

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

कैलाली । कैलालीको मटियापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी–६ का १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर भएका रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

३ जना सवार मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा धनगढीकै १९ वर्षीय कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय मिलेन्द्र सिंह राना छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.