धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (फोटो फिचर) – Nepal Press
धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (फोटो फिचर)
फोटो फिचर
निशान्त सिंह गुरुङ्ग २०७७ माघ १८ गते १६:५०
२०७७ माघ १८ गते १६:५०

काठमाडौं । सिफलचौरस्थित शहीद धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थानमा नागरिक समाजले प्रदर्शन गरेको छ ।
शहीद धर्मभक्तलाई सम्झँदै प्रतिगमनविरुद्ध नागरिक समाजले रचनात्मक कार्यक्रमार्फत् प्रदर्शन गरेको हो । कार्यक्रममा कविता, सांगीतिक प्रस्तुतिसहित नागरिक अगुवा केदारभक्त माथेमा, तुलनारायण शाह र नागरिक अभियन्ता रीता परिवार लगायतले बोलेका थिए ।
धर्मभक्तलाई विसं १९९७ माघ १२ गते सिफलमा फाँसी दिइएको थियो ।
नागरिक समाजले यसअघि गत शुक्रबार शहीद शुक्रराज शास्त्रीको सम्झनामा टेकुस्थित खरिबोटमा नाटक प्रस्तुत समेत गरेको थियो ।