प्रदेश १ सभाको बैठक बोलाइयो (सूचनासहित) – Nepal Press

प्रदेश १ सभाको बैठक बोलाइयो (सूचनासहित)

विराटनगर । प्रदेश १ सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना निकालेर माघ २५ गते २ बजेका लागि बैठक आव्हान गरेको हो ।

माघ ७ मा शुरू भएको हिउँदे अधिवेशनको पहिलो बैठक २ मिनेट पनि नबसी स्थगित भएको थियो ।

पहिलो बैठक बस्नुअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा दलहरूले माघ २० सम्म प्रदेशसभाको बैठक बोलाउने भद्रसहमति गरेका थिए ।

नेकपाको प्रचण्ड-माधव पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर