सेनाको बख्तरबन्द गाडीले माघ १९ राति चक्रपथको चक्कर लगाउने – Nepal Press

सेनाको बख्तरबन्द गाडीले माघ १९ राति चक्रपथको चक्कर लगाउने

काठमाडौं। नेपाली सेनाको बख्तरबन्द गाडीले माघ १९ (भोलि) राति काठमाडौंको चक्रपथको चक्कर लगाउने भएका छन् । नियमित अभ्यास योजना अनुसार यस्तो गर्न लागिएको सेनाले जनाएको छ ।

‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति वख्तरवन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको,’सेनाले विज्ञप्तिमार्फत भनेको छ।

त्यस्तै ८ वटै पृतना अन्तर्गतका ‘मेकनाईज्ड युनिट’ हरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीको अभ्यास गर्ने योजना रहेको समेत सेनाले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *