चुनावको घोषणा सरकार लम्ब्याउने चाल मात्रैः नेता रिजाल – Nepal Press

चुनावको घोषणा सरकार लम्ब्याउने चाल मात्रैः नेता रिजाल

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले सरकार  टिकाउनका लागि मात्रै निर्वाचन घोषणा आरोप लगाएका छन् ।

बुटवलमा आइतबार पत्रकार भेटघाटमा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभइ सत्ता लम्ब्याउनका लागि मात्रै घोषणा नगरेको बताएका हुन् ।

उनले वैशाखमा चुनावै हुनै नसक्ने ठोकुवासमेत गरे । भने– सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्छ । वैशाखमा चुनाव हुँदैन ।

विगतका प्रतिकुल अवस्थामा पनि अदालतले सही निर्णय लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने विश्वास व्यक्त गरे । उनले भने– पञ्चायतकाल होस् या राजा ज्ञानेन्द्रको पालामा, अदालतले सही निर्णय गरेको छ । राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । तसर्थ संसद पुनःस्थापना हुन्छ ।

उनले अब प्रधानमन्त्री ओलीको पनि पूर्वराजा ज्ञानेन्द्र जस्तै बिदा हुने दिन नजिकिएको बताए । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर