प्रचण्ड-माधव पक्षले बोलायो केन्द्रीय कमिटीको बैठक – Nepal Press

प्रचण्ड-माधव पक्षले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं। विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बैठक सोमबार ११ बजे कार्की ब्यांक्वेटमा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । निर्वाचन र २८ गतेको जनप्रदर्शन बैठकको एजेन्डा हुने साहले नेपाल प्रेसलाई जानकारी दिए।

प्रतिनिधिसभा विघटनविरुद्ध रहेको प्रचण्ड-माधव पक्षले हाललाई कुनै पनि निर्वाचनका कार्यक्रम अघि नबढाउन निर्वाचन आयोगलाई दबाब दिइरहेको छ ।

बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा समेत छलफपल हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *