माइतीघरको सडकमा प्रचण्ड र माधव नेपालको पलेटी कसेर धर्ना (भिडियो) – Nepal Press

माइतीघरको सडकमा प्रचण्ड र माधव नेपालको पलेटी कसेर धर्ना (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ माघ १८ गते १३:४७
२०७७ माघ १८ गते १३:४७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव पक्षले माइतीघर मण्डलामा ४ दिनदेखिको धर्ना आइतबार पनि जारी राखेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेता पलेटी कसेर सडकमा धर्ना बसेका छन् ।धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरूसहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरू सहभागी छन् ।

२८ गतेको काठमाडौंका वृहत शक्ति प्रदर्शनअघि प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी धर्नाको तय गरेको थियो ।सो पक्षले यसबीचमा प्रादेशिक जनसभाहरू समेत गरेको छ ।