पूर्वनिर्धारित समयअघि नै प्रचण्ड-माधव पक्षले टुंग्यायो धर्ना कार्यक्रम – Nepal Press

पूर्वनिर्धारित समयअघि नै प्रचण्ड-माधव पक्षले टुंग्यायो धर्ना कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रमलाई नेकपाको प्रचण्ड-माधव पक्षले पूर्व निर्धारित समयअघि नै टुंग्याएको छ।

४ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेको सो पक्षले यसअघि २१ माघसम्म धर्ना जारी राख्ने गरी कार्यक्रम घोषणा गरेको थियो । सात दिनको कार्यक्रमलाई छोट्याएर चार दिनमै टुंग्याइएको हो । आइतबारको धर्नामा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसमेत सहभागि थिए ।

स्थायी कमिटी सदस्य पम्फा भुसालले वागमती प्रदेशसभाको अधिवेशनमा केन्द्रित हुनैपर्ने भएकाले समयअगावै धर्ना कार्यक्रम सकाएको बताइन् ।

वागमती प्रदेशसभा बैठक सोमबार शुरू हुँदैछ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड-माधव पक्षले अविश्वास प्रस्ताव गरेको छ। प्रस्ताव सभाबाट पारित हुन्छ कि हुँदैन भन्नेमा चासो बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर