प्रदेश सभाको दोश्रो वार्षिकोत्सव मनाउँदै कर्णाली – Nepal Press

प्रदेश सभाको दोश्रो वार्षिकोत्सव मनाउँदै कर्णाली

सुर्खेत । कर्णाली प्रदेश सभाले प्रदेश सभा स्थापनाको अवसरमा दोश्रो वार्षिकउत्सव मनाउने भएको छ ।

आगामी माघ २१ गते प्रदेश प्रमुख गोविन्द कलौनीको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विषेश आतिथ्यतामा उत्सव मनाइने संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार आजबाट सचिवालयका कर्मचारी र पदाधिकारीबाट मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।

विभिन्न ९ वटा टिम रहेको प्रतियोगिताको उदघाटन सभामुख राजबहादुर शाहीले गरेका छन् ।

‘संघीयताको मुल आधार प्रदेश संरचना हो । यसको जन्मदिनलाई विशेष बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ सभामुख शाहीले भने, ‘यसलाई बलियो बनाएर लिन सकिएको खण्डमा कर्णाली जस्तो विकट क्षेत्रले न्याय पाउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर