‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाकाे क्षमायाचना – Nepal Press

‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाकाे क्षमायाचना

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री तथा नेकपा ओली समूहका नेता मणि थापाले हिजो एक कार्यक्रममा भाषण गर्दा भएको त्रुटिप्रति क्षमायाचना गरेका छन् ।

सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्ने क्रममा उनले ‘नेपाल सरकार’ भन्नुपर्नेमा झुक्किएर श्री ५ को सरकार भन्न पुगेका थिए । भूलवस श्री ५ को सरकार भनेपछि तत्काल त्यसलाई सच्याएको मन्त्री थापाले बताएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘‘शनिबार नेपाल कम्युनिष्ट पार्टी ओली समूहले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । मेरो पुरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

उनको सम्बोधनको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर