कर्णाली प्रदेशसभाको दोश्रो वार्षिकोत्सव मनाइँदै – Nepal Press

कर्णाली प्रदेशसभाको दोश्रो वार्षिकोत्सव मनाइँदै

सुर्खेत, १८ माघ । कर्णाली प्रदेशसभाले प्रदेशसभा स्थापनाको दोश्रो वार्षिकउत्सव मनाउने तयारी गरेको छ । माघ २१ गते प्रदेश प्रमुख गोविन्द कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना हुने संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

प्रदेशसभा दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा आजबाट सचिवालयका कर्मचारी र पदाधिकारीबीच मैत्रीपूर्ण व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ ।

९ वटा टिम रहेको प्रतियोगिताको उदघाटन सभामुख राजबहादुर शाहीले गरेका छन् । ‘संघीयताको मुल आधार प्रदेश संरचना हो । यसको जन्मदिनलाई विशेष बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ सभामुख शाहीले भने, ‘यसलाई बलियो बनाएर लिन सकिएको खण्डमा कर्णाली जस्तो विकट क्षेत्रले न्याय पाउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *