यस्तो देखियो प्रचण्डको निर्वाचन क्षेत्रमा ओलीको जनसभा (तस्बिरहरु) – Nepal Press

यस्तो देखियो प्रचण्डको निर्वाचन क्षेत्रमा ओलीको जनसभा (तस्बिरहरु)

काठमाडौं । विभाजित नेकपाका दुवै पक्ष पहिलो चरणका भेला बैठकहरु सकेर ठूला आमसभा आयोजना गर्ने प्रतिस्पर्धामा छन् । माघ २३ र २८ गते एक साताको फरकमा केपी ओली पक्ष र प्रचण्ड माधव पक्षले काठमाडौंमा वृहतसभाको तयारी गरिरहेका छन् ।

शनिवार प्रचण्ड माधव पक्षले धनगढीमा प्रदेशस्तरीयसभा गरिरहदा ओली पक्षले प्रचण्डको गृहजिल्ला चितवनमा जिल्लास्तरीय सभामा ठूलो संख्या जुटाएर शक्ति देखायो । प्रधानमन्त्री ओली सहित संघीय सरकारका चारजना मन्त्री समेत सहभागी सभा भरतपुरमा आयोजना भएको थियो ।

प्रधानमन्त्रीले विभिन्न विकास आयोजनाको शिलान्यास गर्दा मेयर रेनु दाहालले बहिस्कार गरेकी थिइन् । त्यसपछि आयोजित आमसभामा प्रधानमन्त्री ओली र गृहमन्त्री रामवहादुर थापा बादल सहितका नेताहरुले प्रचण्डका बाबु छोरीको आलोचना गरेका थिए ।

 


प्रतिक्रिया

One thought on “यस्तो देखियो प्रचण्डको निर्वाचन क्षेत्रमा ओलीको जनसभा (तस्बिरहरु)

  1. Yo Chitwan 2 ho. PKD lai Chitwan 3 baat Oli le jiteyeka hun. Tyo ksetra Baadal ko pani ho. Aba Chitwan 3 ma PKD lai No Chance. Rolpa, Dolpa tira laage hunchha. Siraha ma ta love paryo bhandai baakas saatera jitaakaa rahechhau.

Leave a Reply to Bel Gurung Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर