प्रचण्ड-माधवलाई समानुपातिकमा बसेर च्याँखे थाप्ने मौका छ- भानुभक्त ढकाल – Nepal Press

प्रचण्ड-माधवलाई समानुपातिकमा बसेर च्याँखे थाप्ने मौका छ- भानुभक्त ढकाल

काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणाले कांग्रेस र प्रचण्ड माधव नेपालसहित सबैलाई अवसरको ढोका खोलिदिएको टिप्पणी गरेका छन् ।

केपी ओली नेतृत्वको नेकपा ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार सम्बोधन गर्दै नेकपा नेता ढकालले आफ्नै पार्टी भित्रका काम गर्न नदिएपछि एकल बहुमत ल्याउन प्रधानमन्त्रीले चुनाव घोषणा गरेको बताए ।

ढकालले प्रधानमन्त्री बन्नका लागि प्रचण्ड माधव नेपालले आफ्नै पार्टीको सरकार ढाल्न षड्यन्त्र गरेको भन्दै काम गर्नै नदिएपछि अरू विकल्प प्रधानमन्त्रीसँग नरहेको बताए । उनले अब निर्वाचनमा भाग लिएर प्रचण्ड माधवले पनि प्रधानमन्त्रीको लागि च्याँखे दाउ थाप्न सक्ने अवसर आएको टिप्पणी गरे ।

ढकालले भने- प्रचण्डजी र माधव कमरेडलाई पनि प्रधानमन्त्री बन्ने रहर छ भने प्रत्यक्ष चुनाव जित्न त उहाँहरूले सक्नु हुन्न, समानुपातिमा बस्नुभयो भने एकाध सिट जितेर च्याँखे दाउ थाप्न उहाँहरुलाई पनि बाटो खुला भएको छ ।

६४ प्रतिशत सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका केपी ओलीले सरकार चलाउन सक्दिन भनेर प्रतिनिधिसभा भंग गरेपछि ३६ प्रतिशतले सरकार बनाउन सक्थ्यो भन्ने तर्कको कुनै अर्थ नहुने ढकालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर