केपी ओलीको दलाल भनेपछि लेखराजले प्रचण्डलाई बोकेको फोटो भाइरल – Nepal Press

केपी ओलीको दलाल भनेपछि लेखराजले प्रचण्डलाई बोकेको फोटो भाइरल

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार धनगढी पुगेर सोही क्षेत्रबाट निर्वाचित नेता तथा उद्योगमन्त्री लेखराज भट्टलाई केपी ओलीको दलाल भनेपछि सामाजिक सञ्जालमा पूर्व माओवादी कार्यकर्ताले प्रचण्डलाई लेखराजले मोटरसाइकलमा राखेर कतै लगिरहेको फोटो सार्वजनिक गर्दै टीकाटिप्पणी गरेका छन् ।

भट्टले प्रचण्डलाई बोकेको र बन्दूक बोकेको फोटो सार्वजनिक गर्दै ‘जनयुद्धकालमा आफूलाई पाल्ने’ सहयोद्धाको अपमान गरेको भन्दै फोटो भाइरल बनाइएको छ । जनयुद्धकालमा प्रचण्डका परिवारको विलासी जीवनका लागि लेखराजले व्यक्तिगत रूपमा ठूलो लगानी गरेको टिप्पणी उनीहरुले गरेका छन् ।

कैलालीका जमिनदार लेखराज भट्टले जनयुद्धमा प्रचण्ड परिवारलाई पाल्न आफ्नो धेरै सम्पत्ति सिध्याएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा प्रचण्डको आलोचना भइरहेको छ । प्रचण्डले लेखराजको गृहजिल्लामा पुगेर आफूले हुर्काएको नेता र पटक पटक मन्त्री बनाएको व्यक्ति दलालको पनि दलाल भएको टिप्पणी गरेका थिए ।

के भनेका थिए प्रचण्डले लेखराजलाई

मैले हुर्काएका एकजना नेता छन् नि । मैले पटकपटक मन्त्री बनाएको मान्छे । तिनी त अहिले त कता हो कता, सोच्नै नसक्ने गरी गए । मलाई डर थियो, सुदूरपश्चिमको ठूलो नेता यही हो है भनेको थिएँ । अब उनी केपीको वरिपरि घुम्ने भए । केपीको दलाल भए । केपी आफैं दलाल हुन्, दलालको पनि दलाल ।

पत्याइनसक्नु भयो । दुईचार रात त टेन्सनै भएको थियो । तर ९५ प्रतिशत सुदूरपश्चिमका जनता हिलेका छैनन् । उनीहरुले दलालको भण्डाफोर गरेका छन् । गर्वले मेरो छाती फुलेको छ । तपाईंहरुलाई धन्यवाद । मरो छाती चौडा बनाइदिनुभयो ।


प्रतिक्रिया

One thought on “केपी ओलीको दलाल भनेपछि लेखराजले प्रचण्डलाई बोकेको फोटो भाइरल

  1. मातृका जी
    यो फोटो खिच्ने व्यक्ति पत्रकार साथी भोजराज भाट हुन , तपाइहरूले फोटोको क्रेडिट दिन कन्जुसाइ नगर्नुहोला ।।।

Leave a Reply to Hari Prasad Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर