केशव बडालको टिप्पणी- माधव नेपालको ईगो मदन भण्डारीदेखि केपी ओलीसम्म – Nepal Press

केशव बडालको टिप्पणी- माधव नेपालको ईगो मदन भण्डारीदेखि केपी ओलीसम्म

काठमाडौ । केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी समिति सदस्य केशव बडालले प्रचण्डको महत्वाकांक्षा र माधव नेपालको ईगो सेन्ट्रिक मानसिकताका कारण पार्टी विभाजनको अवस्था उत्पन्न भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा सिन्धु काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै नेता बडालले पार्टी विभाजनमा प्रचण्डको मात्र दोष नभई मुख्यत: माधव नेपालको ईगोले काम गरेको बताए ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँगको माधव नेपालको ईगो केपी ओलीसम्म आइपुग्दा आजको पार्टी एकता कमजोर बनेको उनको टिप्पणी थियो ।

३८ वर्षदेखि एउटै कमिटिमा बसेर काम गरेको स्मरण गर्दै बडालले नेता माधव नेपालको ईगो सेन्ट्रिक विगतका सन्दर्भहरुको खुलासा समेत गरे ।

बडालले भने- सीपी मैनाली महासचिव हुँदादेखि उहाँको हालिमुहाली सुरु भयो, त्यसपछि जेएन कम्रेड महासचिव हुँदा पनि तालासाँचो आफ्नै हातमा राख्नुभयो मदन कम्रेड नेतृत्वमा आएपछि उहाँको हालिमुहाली चल्न छाड्यो अनि ईगो र कुण्ठाग्रस्त मानसिकता उहाँमा हावी भयो। त्यही इगो केपी ओलीसम्म आइपुगेको हो ।

पाँचौं महाधिवेशनको बेला मदन भण्डारीले प्रकाशन गरेको जबजको वैचारिक पुस्तक वितरण गर्न माधव नेपालले रोकेको समेत बडालले दावी गरे । बडालका अनुसार अन्तत जबजको लाइन पास भएपछि मदन भण्डारीलाई ज्यान मार्ने सम्मका धम्की आउन थाल्यो ।

बडालले भने–मदन कम्रेडले सुरक्षा माग्नुभयो, माधव नेपालले घुमाउरो पारामा इन्कार गरेपछि उहाँलाई हामीले गुमाउनुपर्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर