प्रचण्डलाई ओलीको प्रश्न-राम अयोध्यापुरीमा जन्मेको भन्न कसको डरले नसकेको ? (भिडियो) – Nepal Press

प्रचण्डलाई ओलीको प्रश्न-राम अयोध्यापुरीमा जन्मेको भन्न कसको डरले नसकेको ? (भिडियो)

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली अर्को वर्षको रामनवमीमा चितवनस्थित अयोध्यापुरीमा राम मन्दिरको प्राण प्रतिष्ठान गरिने बताएका छन् । चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रामजन्मभूमी अयोध्यापुरीलाई विश्वकै हिन्दू तथा पुरातत्वविदहरुको गतव्यस्थल बनाइने बताए ।

प्रधानमन्त्रीले भने- रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ । सीताको बनिरहेको छ । अब लक्ष्मण र हनुमानको पनि बन्छ । अर्को सालको रामनवमीमा राम जन्मभूमी अयोध्यापुरीमा भव्य ढंगले प्राणप्रतिष्ठान् गर्नेछौं ।

त्यसपछि अयोध्यापुरी विश्वभरका हिन्दूहरुका साथै संस्कृतिविद,पुरातत्वविद र सभ्यताविदहरुको गन्तव्यस्थल र पर्यटकीय गन्तब्य हुने ओलीले बताए । अयोध्यापुरी क्षेत्रबाट निर्वाचित सांसद (प्रचण्ड)ले राम जन्मभूमी अधोध्यापुर हो भन्न समेत डराएको प्रसंग समेत ओलीले निकाले ।

प्रधानमन्त्रीले भने- यहि क्षेत्रबाट छानिएका सांसद राम जन्मुभूमिमा मन्दिर बनाउने कुरा किन चुइक्क बोल्न सक्नुहुन्न ? कसका डरले ? राम अयोध्यापुरीमा जन्मेका भन्न पनि नसक्ने बडा सक्कली राष्टवादी भएर हिड्नुभएको छ त । त्यसैले म भन्छु मयुरको प्वाँख लाउदैमा कोही मयाुर हुँदैन ।

प्रधानमन्त्रीले रियु अर्थात सरयु नदीको व्यवस्थापन तथा नदी तटबन्धहरुको व्यस्थापन गरिने बताए । उनले माडी उपत्यकालाई मणी बनाउछु भनेर अघिल्लो चुनावमा आफूले भोट मागेर जिताएका प्रचण्ड नै कुहिएको आलु भएपछि माडीको विकास हुन नसकेको टिप्पणी समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर