प्रचण्डलाई वादलको आग्रह- पार्टीमा फर्केर चुनावमा आउनुस, मतपत्र च्यात्नु पर्दैन – Nepal Press

प्रचण्डलाई वादलको आग्रह- पार्टीमा फर्केर चुनावमा आउनुस, मतपत्र च्यात्नु पर्दैन

काठमाडौं । गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामवहादुर थापा बादलले विभाजित पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादी नेताको संज्ञा दिदै पार्टीमा फर्केर आए अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।

प्रचण्ड र बादल दुवैको गृहजिल्ला चितवनको भरतपुरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री वादलले गल्ति स्वीकार गरेर पार्टीमा फर्किए अझै पनि ताजा जनादेशपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने बताए ।

बादलले प्रचण्डको नाम नलिई भने- म यो जिल्लाका अवसरवादीलाई आह्वान गर्न चाहान्छु आउनुस प्रधानमन्त्री हुने अवसर यहि निर्वाचनले दिन्छ । आउनुस यो विशाल जनताले तपाईलाई त्यो मौका दिनसक्छ । यो सभाले हाम्रो जित घोषित गरिसक्यो,तपाई पनि पार्टीमा फर्किनुस् । तपाईहरुलाई मतपत्र च्यात्न आवश्यक छैन । जनताले गल्तीमा माफ दिनेछन् ।

प्रचण्डप्रति आक्रामक रुपमा प्रस्तुत भएका बादलले सर्बोच्च अदालतले विघटन सदर गरेर प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने प्रचण्डको चेतावनीलाई प्रगितामी हुँकारको संज्ञा दिए । प्रतिगामी षड्यन्त्र असफल पार्न संसद विघटन गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर