ओलीको सरकार आएपछि निर्मलाको बलत्कार भयो, लक्षण राम्रो थिएन : माधव नेपाल – Nepal Press

ओलीको सरकार आएपछि निर्मलाको बलत्कार भयो, लक्षण राम्रो थिएन : माधव नेपाल

धनगढी ।  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको सरकार बनेलगत्तै निर्मला हत्याकाण्ड भएको बताएका छन् । सोही घटनाले आफूलाई अब सरकारको लक्षण राम्रो छैन भन्ने लागेको उनको टिप्पणी छ ।

धनगढीमा आयोजित विरोधसभामा बोल्दै नेपालले भने, ‘केपी ओली सरकारको पहिलो गाँसमा नै झिंगा पस्यो । उनको सरकार बनेलगत्तै निर्मला हत्याकाण्ड भयो । अब यसको लक्षण राम्रो छैन भन्न लागेको थियो । लक्षणबाटै थाहा भयो यसले राम्रो ढंगले काम गर्दैन ।’

उनले आजसम्म पनि निर्मलाका अपराधीलाई सजाय दिन नसकेको भन्दै ओलीको आलोचना गरे । ओली बनाउने मान्छे नभएर बिगार्ने मान्छे भएको उनको टिप्पणी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर